यु–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, ३ खेलाडीलाई पुनरागमनको मौका | Khabarhub Khabarhub

यु–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, ३ खेलाडीलाई पुनरागमनको मौका


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एसियन क्रिकेट काउन्सिल (एसीसी) यु–१९ एसिया कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

एसीसी इस्टर्न रिजन क्रिकेका क्रममा टोलीमा नपरेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङले एसिया कपका लागि छनोट भएको १५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।

टोलीका कप्तान पौडेलसँगै रित गौतम, पवन शरार्फ, मोहम्मद आसिफ शेख, सन्दिप जोरा, भीम सार्की, हरि बहादुर चौहान, कुसल मल्ल, राशिद खान, कमलसिंह ऐरी छन् । यस्तै, सागर ढकाल, खड्क बहादुर बोहरा, सूर्य तामाङ, लोकेस बहादुर बम र प्रतिश जिसी टोलीमा छन् ।

यस्तै, टोलीको मुय प्रशिक्षकमा विनोद कुमार दास र ब्याटिङ कन्सल्ट्यान्टका रुपमा अपुर्व देशाइ रहेका छन् भने राजु खड्का टिमको व्यवस्थापक छन् । श्रीलंकामा हुने एसिया कपका लागि घोषणा भएको टोलीमा फिजियोमा विक्रम न्यौपाने र ट्रेनरमा सुवास पेट्रो रहेका छन् ।

युवा टोली श्रीलंका आउँदो शनिबार प्रस्थान हुनेछ भने त्यहाँ रहँदा तीन खेल खेल्ने बताइएको छ । एसिया कप भने सेप्टेम्बर ५देखि १४ सम्म चल्नेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ११ : ४७ बजे

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन