जुत्ता चप्पल मन्दिर बाहिर फुकाल्नुको कारण यस्तो | Khabarhub Khabarhub

जुत्ता चप्पल मन्दिर बाहिर फुकाल्नुको कारण यस्तो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक धर्मको आआफ्नै आस्था र पुजाविधि हुन्छ । धर्म अनुसारका आआफ्नै मान्यताहरु समेत हुने गर्दछन् । हिन्दु धर्मालम्बिहरुले मन्दिरलाई आस्था प्रकट गर्ने स्थानका रुपमा लिएका छन् । सनातन धर्म हिन्दुमा मन्दिरमा जुत्ता चप्पल बाहिर नै खोल्नु पर्ने मान्यता छ । तर किन मन्दिर बाहिरै जुत्ता चप्पल खोलिन्छ त ?

मन्दिर बाहिर जुत्ता चप्पल खोल्नुको कारण यस्तो छ :

जुत्ताचप्पल लगाउने शौचदेखि फोहोर स्थानमा समेत पुगिने हुदा त्यसलाई असुद्ध मानिन्छ । असुद्ध वस्तुको धारण गरेर मन्दिर पस्दा भगवान प्रतिको सर्मपण र पुजन विधिमा ध्यान केन्द्रित नहुने मान्यता छ । मन्दिरमा शितलता हुने र नांगो खुट्टाले मन्दिर प्रवेश गर्दा पूरै शरीरमा शीतलता महसूस हुन्छ ।

जुत्ता चप्पलहरु ताम र राजसिक धातुहरू हुने गर्दछन् । जसले पृथ्वीको वातावरणमा मिल्न पातालका नकारात्मक ऊर्जालाई माध्यम बनाउने मान्यता छ । दैवि शक्तिको आस्था मानिने र सबै दिशाबाट ईश्वरीय प्रभाव वातावरण हुने मन्दिर परिसरमा सात्विक र चैतन्य वातावरण हुन्छ ।

जसलाई पवित्र मानिन्छ र पातालको नकारात्मक ऊर्जा मन्दिरमा आएमा अपवित्र हुने विश्वास छ । जसले मन्दिरको वातावरणमा धूलो र हिलो समेत ल्याउने गर्दछ । यसरी जुत्ता चप्पलमा आएका धूलो तथा हिलोजन्य फोहोरले मन्दिरमा नकारात्मक ऊर्जा फैलाउछ ।

अझ मन्दिरमा जुत्ता चप्पल बाहिरै खोल्नुको अर्थ सवै वर्गका मानिस समान छन् भन्ने समेत हुन्छ । मन्दिरभित्र प्रवेश गर्ने भक्तजनबिच धनी र गरीबको फरक नहोस् भन्न समेत जुत्ता चप्पल बाहिरै खोल्ने चलन बनेको हो । जुत्ता लगाउने र चप्पल लगाउने ब्यक्तिको मानसिक स्तर फरक हुन्छ । महंगो जुत्ता चप्पल लगाउने व्यक्तिमा घमण्डको वास हुने र धनी गरीब छुट्याउने माध्यम बन्ने गर्दछ ।

जुत्ताचप्पल बाहिरै खोल्दा मानिसले पहिचान र अहंकारलाई समेत उर्ताने विश्वास छ । जसले भगवानप्रति सबैवर्गको समान भावलाई प्रतिनिधित्व गर्छ । यि कारणले हिन्दु धर्ममा मन्दिर प्रवेश गर्दा जुत्ताचप्पल बाहिरै खोलने चलन बसेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : २७ बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव