स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन | Khabarhub Khabarhub

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा समितिको बुधबार बसेको बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको महानगर शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिए।

उनका अनुसार कक्षा १ देखि ८ सम्मको नेपाल भाषाको पाठ्यक्रमका लागि महानगरपालिकाका शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेका छन् । नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहनेछ ।

त्यसैगरी अङ्ग्रेजी र नेपाली भाषाका लागि शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य छन्।

समितिलाई दुई महीनाको समयसीमाभित्र पाठ्यक्रम तयार पार्न निर्देशन दिइएको छ । शिक्षा अधिकारी केसीले आगामी शैक्षिकसत्र २०७६ बाट महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयार पारिने बताए ।

आगामी शैक्षिकसत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उक्त स्थानीय पाठ्यक्रम उपलब्ध गराउने पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : ३५ बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु