नीताको करिअर किन धरमर ? « Khabarhub

नीताको करिअर किन धरमर ?


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानाले अभिनय गरेको फिल्म ‘पञ्चायत’ ले उनलाई नसोचेको सफलता दियो । यही फिल्मबाट उनले अमेरिका भएको एक अवार्ड समारोहमा अवार्ड पनि जितिन् ।

तर, नीताका फिल्म व्यावसायिक रुपमा भने खासै सफल बन्न सकेका छैनन् । नीताले भोजपुरी फिल्ममा पनि काम गरिन् । तर, उनलाई कुनै फिल्मले पनि चर्चा दिलाएन । राम्रो अभिनय गर्ने खुबी भएकी नीता अहिले न त व्यक्तिगत जीवनका कारण चर्चामा छिन्, न त कुनै फिल्मका कारण ।

उनी अभिनित फिल्म ‘सोच’ को हालै ट्रेलर सार्वजनिक गरियो । तर, उक्त फिल्मले पनि नीताको करिअरलाई बल पु–याउने देखिँदैन । दशैँमा रिलिज हुने फिल्म ‘रातो टीका निधारमा’ को त राम्रै चर्चा छ । तर, फिल्ममा नायिकाका रुपमा नीताभन्दा बढी चर्चा साम्राज्ञी शाहको छ ।

अभिनयका हिसाबले नीता ढुंगाना राम्रो अभिनय गर्ने नायिका हुन् । खैर उनको चर्चा भने भएको पाइँदैन । हल्ला गर्ने र उत्तेजित हुनेहरु चर्चामा रहिरहने यो क्षेत्रमा नीताले भने दर्शकको ध्यान तान्न सकेकी छैनिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ५७ बजे

दैलेखका ४३ किसान पुरस्कृत

दैलेख – व्यावसायिक रूपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३

लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न

गलकोट- लमजुङमा हालसम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ

१२औँ  राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्वितीय

जुम्ला– १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्वितीय

लमजुङमा बालमैत्री अभियान अलपत्र

लमजुङ– लमजुङमा सबै विद्यालय र समुदायलाई बालमैत्री बनाउने आठ वर्षदेखिको

भारी वर्षापछि खसेको पहिरोले घर र चौपाया पुरियो 

खोटाङ– भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै