नीताको करिअर किन धरमर ? | Khabarhub Khabarhub

नीताको करिअर किन धरमर ?


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानाले अभिनय गरेको फिल्म ‘पञ्चायत’ ले उनलाई नसोचेको सफलता दियो । यही फिल्मबाट उनले अमेरिका भएको एक अवार्ड समारोहमा अवार्ड पनि जितिन् ।

तर, नीताका फिल्म व्यावसायिक रुपमा भने खासै सफल बन्न सकेका छैनन् । नीताले भोजपुरी फिल्ममा पनि काम गरिन् । तर, उनलाई कुनै फिल्मले पनि चर्चा दिलाएन । राम्रो अभिनय गर्ने खुबी भएकी नीता अहिले न त व्यक्तिगत जीवनका कारण चर्चामा छिन्, न त कुनै फिल्मका कारण ।

उनी अभिनित फिल्म ‘सोच’ को हालै ट्रेलर सार्वजनिक गरियो । तर, उक्त फिल्मले पनि नीताको करिअरलाई बल पु–याउने देखिँदैन । दशैँमा रिलिज हुने फिल्म ‘रातो टीका निधारमा’ को त राम्रै चर्चा छ । तर, फिल्ममा नायिकाका रुपमा नीताभन्दा बढी चर्चा साम्राज्ञी शाहको छ ।

अभिनयका हिसाबले नीता ढुंगाना राम्रो अभिनय गर्ने नायिका हुन् । खैर उनको चर्चा भने भएको पाइँदैन । हल्ला गर्ने र उत्तेजित हुनेहरु चर्चामा रहिरहने यो क्षेत्रमा नीताले भने दर्शकको ध्यान तान्न सकेकी छैनिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ५७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०