मनहरीमा झाडाबान्ताको प्रकोप, दैनिक बिरामीको संख्या बढ्दो | Khabarhub Khabarhub

मनहरीमा झाडाबान्ताको प्रकोप, दैनिक बिरामीको संख्या बढ्दो


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्लाको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडाबान्ताको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा एक हप्तादेखि झाडाबान्ता फैलिएको हो ।

एक साताअघि केही व्यक्तिलाई सामान्य पखाला देखिएको र क्रमिक रुपमा बिरामी संख्या बढ्दै गएपछि प्रकोपको रुप लिएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीका वरिष्ठ स्वास्थ्य सहायक शिवराम बानियाँले जानकारी दिए ।

हाल दैनिक रुपमा २५ जनाभन्दा बढी बिरामी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी आउने गरेको उनले जानकारी दिए । तीमध्ये दैनिक रुपमा सात जनाभन्दा बढी सिकिस्त बिरामी आउने गरेको र तिनीहरुलाई सुईबाट औषधि दिनु परेको बानियाँले बताए ।

प्रकोपलाई नियन्त्रणमा लिन गाउँपालिकाले रोगको पहिचानको लागि पानीको नमूना सङ्कलन गरी खाद्य प्रयोगशाला हेटौँडामा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीले जनाएको छ । बिरामीको दिसाको नमूना सङ्कलन गरी रोगको पहिचान गरिने उनले बताए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ३ : ३० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय