अमेरिकी राष्ट्रपति ट्रम्पले भने- इरानमाथि आक्रमण गर्न अमेरिकी सेना तयार छ | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- इरानमाथि आक्रमण गर्न अमेरिकी सेना तयार छ


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रतिकारका लागि अमेरिकी सेना तयार रहेको बताएका छन् । उनले इरानको प्रतिकारका लागि बन्दुक लोड भइसकेको पनि दाबी गरेका छन् ।

अमेरिकाले इरानका तीन क्षेत्रमा आक्रमण गर्ने योजना बनाए पनि आक्रमण शरु हुनु भन्दा १० मिनेट पूर्व त्यसलाई रोकिएको राष्ट्रपति ट्रम्पले दाबी गरे ।

इरानी सेनाले अमेरिकी गुप्तचर ड्रोन आक्रमण गरी खसालेपछि अमेरिकाले त्यसको प्रतिकार गर्ने तयारी गरेको थियो । अझै पनि अमेरिकी सेना तयारी अवस्थामा बन्दुक लोड गरेर बसेको ट्रम्पले बताएका हुन् । प्रतिकार गर्ने भनिएका क्षेत्रमा सर्वसाधारण नागरिक रहेको र १५० जनाको ज्यान जान सक्ने बताइएकाले निर्धारित प्रतिकार रोकिएको ट्रम्पको भनाई छ ।

इरानले खसालिएको अमेरिकी ड्रोनको भग्नावशेष सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गरेर तयारी अवस्थामा रहेको आक्रमण रोकिएको जनाएका हुन् । यस सम्बन्धी खबर सबै भन्दा पहिले अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले दिएको थियो ।

इरानको दक्षिणी प्रान्त होर्मोग्गानको कुह्मोबाराक क्षेत्रमा इरानी सेनाले ड्रोनमा आक्रमण गरेको थियो । अमेरिकाले मध्य पूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ५० बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०