मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा, अग्युरो विश्वकपपछि पहिलो पटक टोलीमा | Khabarhub Khabarhub

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा, अग्युरो विश्वकपपछि पहिलो पटक टोलीमा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व र्चीत खेलाडी लियोनल मेस्सीको नेतृत्वमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
कोपा अमेरिकाका लागि अर्जेन्टिनाले २३ सदस्यीय टोली घोषणा गर्दा स्टार खेलाडीहरुलाई टिममा स्थान दिएको छ । जसमा कप्तान मेस्सीसहित इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटीका सर्जियो अग्युरो र युभेन्टसका स्टार खेलाडी पाउल डिबेला फरवार्डमा रहेका छन् ।
स्टार खेलाडीसहितको टोली घोषणा हुँदा अर्जेन्टिनाको टोली निकै बलियो देखिएको छ । यस्तै, अग्युरो विश्वकप २०१८ पछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्दैछन् ।
अर्जेन्टिनी टोली : गोलकिपरः फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा, अगस्टिन मारचसिन डिफेन्डरः जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना, मिल्टन कस्को ।
मिडफिल्डरः लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो सेल्सो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल, एन्जल डि मारिया । फरवार्डः लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज ।

 

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ५६ बजे

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।