ट्रम्पका पूर्व सल्लाहकारद्वारा कंग्रेसमा बयान दिन अटेर | Khabarhub Khabarhub

ट्रम्पका पूर्व सल्लाहकारद्वारा कंग्रेसमा बयान दिन अटेर


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार डोनाल्ड मक्गनले कंग्रेसले बोलाएको बयानमा अटेर गरी उपस्थित नभएपछि राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन कंग्रेससमक्ष दबाब बढ्दै गएको छ ।

यसअघि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको न्याय समितिले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपको अनुसन्धान गरेका अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले बुझाएको अनुसन्धान प्रतिवेदनबारे ट्रम्पका पूर्व सल्लाहकार मक्गनलाई पत्र काटेर बयानका लागि हाजिर हुन निर्देशन दिएको थियो ।

उनी मुल्लरको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले न्याय प्रणालीमा बाधा पु¥याएको भनिएको विषयमा महत्वपूर्ण साक्षी हुन् ।

यता, राष्ट्रपति ट्रम्पले भने कंग्रेसले बोलाएको बयानमा आफ्ना वर्तमान तथा पूर्व सहयोगीहरुलाई जानै नदिने दृढता व्यक्त गरेका छन् ।

पछिल्लो समय डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको कंग्रेसको तल्लो सदन र रिपब्लिकन राष्ट्रपतिबीच खिचातानी बढिरहेका बेला ट्रम्पका पूर्व सल्लाहकारले कंग्रेसले बोलाएको बयानका लागि अटेर गरेका हुन् ।

यता उक्त समितिका प्रमुख जेरी नाड्लरले भने पूर्व सल्लाहकार मक्गनलाई अदालती बाटो प्रयोग गरेरै भएपनि बयानका लागि डाक्ने अठोट लिएका छन् ।

राष्ट्रपति ट्रम्प तथा उनका पूर्व सल्लाहकारको यो कदमसँगै कंग्रेससमक्ष राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन दबाब बढेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिले कंग्रेसको अवहेलाना गरेको भन्दै उनीविरुद्ध महाअभियोग लगाउन दबाब बढेको जनाइएको छ ।

यसअघि मूल्लरले जारी गरेको अनुसन्धान प्रतिवेदनबारे कंग्रेससमक्ष बयानका लागि मुल्लरलाई नै डाक्ने विषयमा समेत कुरा उठेको बताइएको छ । यसअघि मुल्लरले भने सार्वजनिक भएको आफ्नो प्रतिवेदनबाहेक आफूसँग केही पनि भन्न बाँकी नरहेको भन्दै कंग्रेसको बयानमा पनि आफूले सोही प्रतिवेदनको परिधिमा रहेर जवाफ दिने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबाहेक कंग्रसको सोही समितिले ट्रम्पका थप दुई पूर्व सहयोगीलाई पनि बयानका लागि डाकेको छ । समितिले ह्वाइट हाउसकी पूर्व सूचना निर्देशक होप हिक्स तथा ह्वाइट हाउसकै पूर्व कानूनी परामर्शदाता एनी डोनाल्डसनलाई बयानका लागि डाकेको हो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  २ : १० बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा