भरतपुरमा महिला पोलिटेक्निक कलेज खोलिने | Khabarhub Khabarhub

भरतपुरमा महिला पोलिटेक्निक कलेज खोलिने


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने तयारी गरेको छ । महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निक कलेज सञ्चालनका लागि लागि उपलब्ध गराएको छ ।

महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताइन् । प्रमुख र उपप्रमुख महिला भएको महानगरपालिकाले यस कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । महानगरपालिकाले समन्वय गरिरहेकाले आउँदो शैक्षिक सत्रबाट दुई वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको सिटिइभिटीका योजना महाशाखा निर्देशक रमेश बखतीले बताए ।

सो स्थानमा रहेको सरकारी विद्यालयमा नयाँ भवन बन्दै गरेको छ । पहिलो वर्षका लागि सोही विद्यालयको भवन प्रयोग गर्न सकिने महानगरले जनाएकाले त्यही ठाउँमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको उनले बताए । पहिलो वर्ष होटल व्यवस्थापन र फार्मेसी विषयको पढाइ शुरु गर्ने योजना बनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १२ : ४२ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले