मिन भामको फिल्मले जित्यो ६० हजार डलर | Khabarhub Khabarhub

मिन भामको फिल्मले जित्यो ६० हजार डलर


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – निर्देशक मीनबहादुर भामले फिल्म ‘एउटा चिसो वर्ष’ का लागि ६० हजार अमेरिकी डलर (लगभग ६६ लाख ८४ हजार ९ सय रुपैयाँ) जितेका छन् । फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा भामको फिल्मले फिल्म निर्माणका लागि फण्ड (आर्थिक सहयोग) पाएको घोषणा गरियो ।

विश्वभरबाट समावेश ५२ वटा फिल्ममा सरफन्डले ६ वटा फिल्मलाई छनोटमा पारेको छ । ती ६ फिल्ममा नेपालका मीनबहादुर भामको ‘एउटा चिसो वर्ष’ छनोटमा परेको हो । यस्तै अन्य फिल्ममा अफगानिस्तानबाट द पोस्टम्यान, चीनबाट द स्टेन्जर, इजिप्टबाट एज आइ वान्ट, दक्षिण अफ्रिकाबाट हाउ टु स्टिल अ कन्ट्री र जर्जियाबाट भेन्स पनि छनोटमा परेका छन् ।

हराएका पति खोज्न निस्किएकी गर्भवती पेमा र भिक्षु कर्म हिमालयमा पुग्छन् । त्यसपछि उनीहरुको जीवनमा आउने मोडलाई फिल्मको कथावस्तु बनाइएको छ ।

निर्देशक भामले यसअघि ‘कालो पोथी’ र ‘सेतो सूर्य’ निर्माण गरेर चर्चा कमाएका थिए । यसअघि भामले ‘कालो पोथी’ का लागि बर्लिन फिल्म फेस्टिभल अन्तर्गत वर्ल्ड सिनेमा फन्डमार्फत ३९ लाख रुपैयाँ र स्वीट्जरल्याण्डको भिजन सुदबाट ५५ लाख बराबरको फन्ड जितेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ११ : २९ बजे

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको