प्याराग्लाइडिङतर्फ आर्मी च्याम्पियन | Khabarhub Khabarhub

प्याराग्लाइडिङतर्फ आर्मी च्याम्पियन


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा विभागिय टीम नेपाल आर्मीको त्रिभुवन क्लब च्याम्पियन भएको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरी च्याम्पियन बनेको हो । त्यसैगरी गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं. १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ ।

सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले एक्यूरेसीतर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्यूरेसी तथा पुरुष इन्डिभिजूअल क्रसकन्ट्रीमा गरी ४ स्वर्ण पदक हात पारेको हो । त्यसै गरी गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्री तर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

एक्यरेसी इन्डिभिजुअल पुरुषतर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने नेपाल आर्मीकै ऋर्षी जलारी पौडेले २३ अंकका साथ रजत पदकमा चित्त बुझाए ।

गण्डकीका अनिष भट्टराई ३३ अंक प्राप्त गर्दै काश्य पदक हात पारे । सोही इभेन्टको महिलातर्फ पनि नेपाल आर्मीकी दुर्गामाया गुरुङले ४ सय ७९ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पारिन् ।

यसैगरी गण्डकीकी प्रतिभा भुजेलले ५ सय ४० अंकका साथ रजत र गण्डकीकै सबिता तामाङ ५ सय ७३ अंक बटुल्दै काश्य पदक हात पारिन् ।
एक्यूरेसी टिम इभेन्टमा नेपाल आर्मी १ सय ७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफल भएको छ भने प्रदेश नं १ ले १०१९ अंकका साथ रजत पदक हात पारेको छ ।

गण्डकी प्रदेश १३४५ अंक प्राप्त गरि काश्य पदकमा चित्त बुझाएको छ । यसै गरी क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २५९५ अंक बटुल्दै स्वर्ण पदक हात पारे ।

नेपाल आर्मीकै विशाल थापाले २५५० प्राप्त गरी रजत पदक हात पार्दा गण्डकीका आशिष थापाले २५४५ अंकका साथ रजत पदकमा चित्त बुझाए ।

क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले ११३५ अंकका प्राप्त गर्दै स्वर्ण पदक हात पारेकी छन् भने नेपाल आर्मीकी स्वस्तिका गुरुङ ६५७ अंक बटुल्दै रजत पदक हात पारिन् ।

प्रदेश १ की सुष्मिता सुनुवार ३४५ अंकका सात तेश्रो हुँदै काश्य पदक पाइन । क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल ९५७६ अंक प्राप्त गरी स्वर्ण पदक हात पारेको छ । सोही इभेन्टमा नेपाल आर्मीले ९११४ अंक बटुल्दै रजत पदक हात पार्दा प्रदेश नं ३ ले ८४४७ अंक प्राप्त गरि काश्य पदक हात पारेको हो ।

यहि बैशाख ६ गते बाट पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदकका लागि १० महिला सहित पुरुष ४९ गरी कूल ५९ जना खेलाडी भिडेका थिए । प्रतियोगितामा पाँच प्रदेश सहित नेपाल आर्मीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ३८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने