आठौं राष्ट्रिय खेलकुदः आर्मीको अग्रता कायमै, दोश्रोमा एपीएफ | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुदः आर्मीको अग्रता कायमै, दोश्रोमा एपीएफ


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– प्रदेश पाँचमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ ।
आर्मीले हालसम्म १८५ स्वर्ण मध्ये ७५ स्वर्ण, ४६ रजत र ३९ कास्य पदकसहित कूल १६० पदक हात पारेको छ ।

यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लव दोस्रो स्थानमा उक्लेको छ । उसले ३१ स्वर्ण, ३१ रजत र ३६ कास्य गरी कूल ९८ पदक जितेको छ । नेपाल पुलिस क्लबले हालसम्म ३२ स्वर्ण, २९ रजत र ३१ कास्य पदकसहित कूल ९२ पदक जित्दै एपीएफ भन्दा पछाडि परेको छ ।

चौथो स्थानमा रहेको प्रदेश ३ ले १३ स्वर्ण, २० रजत र ४० कास्य पदक गरी ७३ पदक हात पारेको छ । पाँचौ स्थानमा आफ्नो नाम दर्ज गराएको सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १८ कास्यसहित ३० पदक जित्दा गण्डकी प्रदेशले ६ स्वर्ण ११ रजत, २७ कास्य गरि ४४ पदक जित्न सफल भएको छ ।

हालसम्म टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गोल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी लगायतका खेलहरु सम्पन्न भईसकेका छन ।

 

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : २२ बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा