मोटरसाइकलमा सवार आफ्नै साथीमाथि खुकुरी प्रहार गरेपछि | Khabarhub Khabarhub

मोटरसाइकलमा सवार आफ्नै साथीमाथि खुकुरी प्रहार गरेपछि


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्घाखाँचीका एक युवकले मोटसाइलमा हिँडिरेको बेला बीच बाटोमा रोकेर आफ्नै साथी माथि खुकुरी प्रहार गरेका छन् ।

प्रहरीका अनुसार, अर्घाखाँचीको छत्रदेव केरुङ्गाका सुवास भुसालले सोही ठाउँका कैलाश भुसाललाई रुपन्देही र पाल्पाको सिमाना बल्ढेङगढीमा खुकुरी प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार खुकुरी प्रहार गर्ने सुवास अहिले प्रहरी नियन्त्रणमा छन् भने घाइते कैलाशको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कैलाशको बाँया हात र गर्धनमा गहिरो चोट लागेको छ । नाताले  कैलाश र सुवास दाजुभाइ हुन । प्रहरीका अनुसार उनीहरु दुबैजना एउटै मोटरसाइकलमा अर्घाखाँचीबाट रुपन्देहीको बुटवल आउँदै गर्दा बाटोमा कैलाश माथि खुकुरी प्रहार भएको हो ।

उनीहरुबीच लेनदेनको कागजपत्र समेत भेटिएका कारण सोही विषयमा विवाद भएको हुनसक्ने प्रहरीले जाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : १४ बजे

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै