‘हजार जुनीसम्म’ को गीत ‘एमजी रोडैमा’ | Khabarhub Khabarhub

‘हजार जुनीसम्म’ को गीत ‘एमजी रोडैमा’


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर: आर्यन बिमली

काठमाडौं – फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज हलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘एमजी रोडैमा’ बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको संगीत रहेको छ भने शब्द तथा संगीत गायक शिवाकोटीको नै छ ।

यस्तै गीतको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन छ । स्वस्तिमा खड्का,सलोन बस्नेत र डेब्यु कालकार अखिलेस प्रधान लगायतले २ सय कोरसका साथ अभिनय गरेका छन् । भिडियोलाई गीतको बोल अनुसार छायांकन गरिएको छ ।

आर्यन सिग्देल, प्रियंका कार्की, शिवहरि पौडेल, सञ्चिता लुइँटेल, अनुभव रेग्मी लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । यस्तै फिल्ममा कविता रेग्मी कार्यकारी निर्माता छिन् ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्ममा निर्देशक आचार्यको स्किृप्ट र कथा छ । फिल्म आउँदो साउन ३० गतेबाट नेपालभर प्रदर्शन हुँदैछ ।

तस्वीर: आर्यन बिमली

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ५६ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।