श्रीलंका विष्फोटमा डेनिस धनाढ्यले गुमाए ३ सन्तान | Khabarhub Khabarhub

श्रीलंका विष्फोटमा डेनिस धनाढ्यले गुमाए ३ सन्तान


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम आक्रमणमा डेनमार्कका अर्बपति आन्दे्रज होल्क पोभ्ल्सेनका ३ सन्तानको मृत्यु भएको खुलासा भएको छ ।

पहिरन ब्राण्ड एसोसका प्रमुख कार्यकारी रहेका उनका चारमध्ये तीन सन्तानको श्रीलंकामा भएको श्रृङ्खलाबद्ध आक्रमणमा ज्यान गएको उनका प्रवक्ताले जनाएका छन् ।

अन्तर्राष्ट्रिय पहिरन ब्राण्ड बेस्टसेलरका मालिक समेत रहेका पोभ्ल्सेनका मारिने सन्तानको नाम र पहिचान भने सार्वजनिक गरिएको छैन ।

आइतबार श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम आक्रमणबाट मारिनेको सङ्ख्या २ सय ९० पुगेको जनाइएको छ जसमा ३६ जना विदेशी नागरिक छन् ।

धेरै मृतक विदेशी नागरिकको पहिचान हुन अझै बाँकी रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ३७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई