अबको १ वर्षमा नेकपाको महाधिवेशन सम्पन्न गर्ने प्रचण्डको घोषणा | Khabarhub Khabarhub

अबको १ वर्षमा नेकपाको महाधिवेशन सम्पन्न गर्ने प्रचण्डको घोषणा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जिल्ला नेतृत्व चयनसँगै पार्टी एकताको फलामे ढोका फोरिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले फलामे ढोका जस्तै रहेको जिल्ला कमिटीको नेतृत्वको मुख्य गाँठो फोरिएको बताए ।

एकता प्रक्रिया समयमै टुंगिन नसक्दा पार्टी र नेतृत्वप्रति प्रश्न उठेको भए पनि अन्ततः सफलताका साथ एकताको सन्र्दभमा जटिल बनेको समस्या समाधान भएको प्रचण्डको भनाइ थियो ।

लामो समयसम्म एकताको सांगठनिक स्वरुपलाई अन्तिम रुप दिन नसक्दा जंगलमा हराउन थालेको अनुभूति पनि विगतमा भएको उनले सुनाए ।

अबको ८ महिना भित्र सबै जिल्ला र प्रवासका कमिटीको सम्मेलन सकेर १ बर्ष भित्र पार्टीको महाधिवेशन गरिने प्रचण्डको भनाइ थियो ।

महाधिवेशन महाबहसको एउटा भट्टिभित्र प्रवेश गर्ने महाअभियान पनि हुने भन्दै प्रचण्डले विसंगति र विकृतिबाट शिक्षा लिएर पार्टी भित्र भएको फोहर मैला सफा गर्नुपर्ने बताए ।

‘फोहर मैला हामीभित्र पनि जम्मा भएको छ । यो फोहर मैला सफा नगरी हामी अगाडि जाने अवस्था छैन,’ प्रचण्डको भनाइ थियो ।

दुईवटा प्रयोगबाट एउटा नयाँ निष्कर्शका साथ अघि बढ्ने काम भएको भन्दै प्रचण्डले राष्ट्र र जनता तथा सिंगो कम्युनिस्ट आन्दोलनको हितमा कदम चाल्नुपर्ने आवश्यकताका साथ कम्युनिस्ट एकतामा जुटेको उल्लेख गरे ।

सानो विवेक र संकल्पले पार्टी एकता नभएको भन्दै उनले आफूहरुले जनतासँग गरेको प्रतिवद्धताबाट विचलित नभइकन पार्टी एकता गरी क्रान्तिको नयाँ कोशेढुङ्गा स्थापित गरेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा भएको पछिल्लो निर्णय प्रतिक्रियावादीहरुको लागि अर्को प्रतिवाद भएको बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ४ : ४२ बजे

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च