छोरीको जन्मदिनमा भावुक बनिन् काजोल, अजयले दिए धन्यवाद | Khabarhub Khabarhub

छोरीको जन्मदिनमा भावुक बनिन् काजोल, अजयले दिए धन्यवाद


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड हस्ती अजय देवगन र काजोलकी छोरी नीसा देवगन २० अप्रिलमा १६ वर्ष पूरा भइन् । छोरीलाई जन्मदिनको शुभकामना दिँदै काजोलले इन्स्टाग्राममा सुन्दर तस्वीर शेयर गरिन् ।

काजोलले छोरी निशासँग आफ्नो तस्वीर इन्स्टाग्राममा शेयर गर्दै लेखिन् – मेरी प्यारी छोरीलाई १६ औँ जन्मदिनको शुभकामना । म अहिले पनि तिम्रो वजन मेरो काखमा महसूस गर्छु । मलाई लाग्दैन कि, त्यो कहिल्यै बदलिने छ । तिमी जति नै ठूली हुँदै जाऊ यो याद राख कि, तिमी मेरी धड्कन बन्नेछौ ।

View this post on Instagram

A post shared by Kajol Devgan (@kajol)

नीसाको जन्म सन् २००३ मा भएको थियो । छोरीका लागि काजोलले ३ वर्षसम्म फिल्म उद्योगबाट ब्रेक लिएकी थिइन् ।

 

View this post on Instagram

 

My little girl with me on a red carpet for the first time …..❤️❤️❤️

A post shared by Kajol Devgan (@kajol) on

अजय देवगनले आफ्नी छोरीलाई जन्मदिनको शुभकामना दिने सबैलाई आफ्नो ट्वीटरबाट धन्यवाद भनेका छन् । निशाका तर्फबाट दिइएको सन्देशमा अजयले लेखेका छन् – तपाईं सबैलाई जन्मदिनको शुभकामनाका लागि धन्यवाद ।

अजय र काजोलका दुई बच्चा छन् । दुवै बच्चालाई काजोल र अजयले खुबै ख्याल गर्छन् । समय दिन्छन् ।

नीसालाई लिएर अजय अझ बढी प्रोटेक्टिभ छन् । सामाजिक सञ्जालमा नीसा ट्रोलिङ हुँदा पनि उनले खुलेर बोल्ने गर्छन् ।

अजय अब फिल्म ‘दे दे प्यार दे’ मा देखिँदैछन् । यो रोमान्टिक कमेडी फिल्ममा अजय देवगनलाई एक व्यापारीका रुपमा देख्न सकिन्छ । जसको २४ वर्षकी युवतीसँग प्रेम बस्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १२ : ४५ बजे

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका