आगलागीबाट १६ घर-गोठ जलेर नष्ट | Khabarhub Khabarhub

आगलागीबाट १६ घर-गोठ जलेर नष्ट


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पैकी वण्डामा शुक्रबार दिउँसो भएको आगलागीबाट १६ घर गोठ जलेर नष्ट भएका छन् ।

स्थानीय बुधई कुर्मीको गोठबाट शुरु भएको आगलागीबाट वरपरका अन्य ११ घर र ५ गोठ समेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी लगत्तै कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट करीब ५४ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : २४ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र