सांसदको प्रश्न– गरीब र धनीलाई छुट्याएर पढाउने मुर्दावाद भन्नुपर्ने बेला आएको हो ? | Khabarhub Khabarhub

सांसदको प्रश्न– गरीब र धनीलाई छुट्याएर पढाउने मुर्दावाद भन्नुपर्ने बेला आएको हो ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले दोहोरो शिक्षा प्रणालीको मार नेपालले भोग्दै आएको भन्दै त्यसलाई हटाउन माग गरेका छन् ।

पहिला नारी शिक्षा मातृ शिक्षा हुनुपर्ने , छोरा छोरी नपढाउने मुर्दावादका नारा लगाइएको भन्दै उनले फेरि नारा लगाउनु पर्ने अवस्था बनेको हो भन्दै प्रश्न गरेका छन् ।

‘गरीब र धनीलाई छुट्याएर पढाउने मुर्दावाद भन्नुपर्ने बेला आएको हो ?’ प्रश्न गर्दै सांसद विडारीले भने,‘गरीब र धनीका छोरीलाई समानरुपमा पढ्ने व्यवस्था राज्यको नीतिमा हुनुपर्ने हो, छ पनि तर भएन ।’

मेडिकल कलेजमा पढ्न भनेर भर्ना हुन गएका विद्यार्थीसँग मेडिकल कलेजले अवैध शुल्क लिएको र ५१ दिनसम्म पढाइ अस्तव्यस्त पार्नेहरुलाई कानून अनुसार कारवाही गर्न उनले माग गरे ।

‘५१ दिन सम्म पढाइ अस्तव्यस्त भयो । यो एक प्रकारको कानून विपरितको काम थियो’ सांसद विडारीले भने‘कानूनी भाषामा यो एक प्रकारको ठगीको काम हो, उनीहरुलाई सजाय गर्नु पर्दैन ? अब पैसा दिने भनेर पुग्छ ?’

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ३ : ३१ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध