चुनाव लड्ने लक्षका साथ क्रिकेटर गौतम गम्भीर भाजपा प्रवेश | Khabarhub Khabarhub

चुनाव लड्ने लक्षका साथ क्रिकेटर गौतम गम्भीर भाजपा प्रवेश


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भीर भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् ।

आसन्न लोकसभा निर्वाचनमा दिल्लीबाट उम्मेदवार बन्ने लक्ष्यका साथ गम्भीर शुक्रबार भाजपा प्रवेश गरेका हुन् ।

भाजपा नेता तथा संघीय मन्त्रीहरु अरुण जेट्ली र रवीशंकर प्रसादले गौतमलाई पार्टी प्रवेश गराए ।

क्रिकेटर गम्भीरले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भिजन’बाट प्रभावित भएकाले भाजपा प्रवेश गरेको बताए ।

गम्भीरले सन् २००७ को एकदिवसीय विश्वकपका लागि महत्वपूर्ण भूमिका निभाएका थिए । यस्तै सन् २०११ को ट्वान्टी–२० विश्वकपमा पनि गम्भीरले भारतीय टिमका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  २ : ४४ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन