माछा लोप हुन नदिन मर्स्याङ्दीमा छाडिए ५७ हजार 'भुरा' | Khabarhub Khabarhub

माछा लोप हुन नदिन मर्स्याङ्दीमा छाडिए ५७ हजार ‘भुरा’


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मर्स्याङ्दी नदीमा माछा लोप हुन नदिन ५७ हजार माछाका भुरा छाडिएको छ । आइतबार बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले नदीमा माछाका भुरा छाडेको हो ।

मध्यमर्स्याङ्दी आयोजना निर्माणका क्रममा बाँधमा माछा आउजाउ गर्न मिल्ने गरी संरचना नबनाइएकाले तल्लो भेगको उपल्लो भेगमा माछा आउन नसकेपछि माथिल्लो भेगको ह्यचरीमा भुरा छाडिएको आयोजना केन्द्र प्रमुख शिवकुमार शाहले बए ।

उनले भने, ‘यहाँ वातावरणमा प्रभाव परेकाले माछा लोप हुँदै गएका र लोप हुनबाट जोगाउनका लागि माछाको उत्पादन गर्ने लक्ष्यले भुरा माछा छाडेका छौँ ।’

गर्दी, हाडे, ठेड गरी तीन जातका माछा नदीमा छाडेको आयोजनाले जनाएको छ ।

स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा रहेको माछा ल्याएर छाडिएको आयोजना केन्द्र प्रमुख शाहले बताए ।

चार वर्षयता यहाँ पहिलो पटक माछाका भुरा नदीमा छाडेको आयोजनाले जनाएको छ । वर्खामा ड्याम साइडको गेट खोलेका बेलामा भने तलका माथि र माथि रहेका माछा तल आउजाउ गर्न सक्ने बताइएको छ ।

सन् २००० मा निर्माण कार्य थालनी गरेर सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको थियो । आयोजना रु २७ अर्ब २० करोड लगानीमा निर्माण भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : १५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने