गाउँपालिका अध्यक्ष शाही अपहरणको जिम्मा विप्लव समूहले लियो (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

गाउँपालिका अध्यक्ष शाही अपहरणको जिम्मा विप्लव समूहले लियो (विज्ञप्तिसहित)


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको अपहरणको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टचार गरेको, कमिशन खाएको र सीआईडी गरेका कारण उनलाई नियन्त्रणमा लिइ आवश्यक छानविनसहित सकुशल रािखएको छ ।’

साथै, शाहीद्वारा जारी विज्ञप्तिमा देशव्यापी पक्राउ गरिएका विप्लव नेकपाका कार्यकर्तालाई विना शर्त रिहाइ गर्न माग गरिएको छ ।

शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै वेला अपहरण गरिएको थियो । इलालाई भने करिब दुई घन्टा हिँडाएर छाडिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ०८ बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट