होन्डुरस जेलमा कैदीबीच झडप, कम्तीमा १८ जनाको मृत्यु | Khabarhub Khabarhub

होन्डुरस जेलमा कैदीबीच झडप, कम्तीमा १८ जनाको मृत्यु


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होन्डुरस- होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा १८ जनाको मृत्यु भएको छ । जेल भित्रै कैदीबन्दीबीच झडप भएको थियो ।

घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ को जेलभित्र घटनास्थलमा नै मृत्यु भएको र एक अन्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालाई स्थानीय सञ्चारमाध्यमहरूले फरक फरक समूहका कैदीबीच भएको विवादका कारण भएको हिंसात्मक घटना बताएका छन् ।

घटनास्थल अहिले प्रहरीको नियन्त्रणमा आइसकेको र थप सम्भावित आक्रमण हुन नदिन सावधानी अपनाइएको होन्डुरस प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ५९ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ