मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल ५ लाख घुससहित पक्राउ परेका छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको जग्गासम्बन्धी मुद्दाको लागि आवश्यक पर्ने कागजात उपलब्ध गराउनका लागि भन्दै लिएको ५ लाख घुससहित मण्डल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले मण्डलाई घुससहित पक्राउ गरेको हो ।

मण्डलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : १० बजे

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि