पत्रकारको हत्या गर्नेलाई कारबाहीको माग गर्दै महासंघले प्रदर्शन गर्ने | Khabarhub Khabarhub

पत्रकारको हत्या गर्नेलाई कारबाहीको माग गर्दै महासंघले प्रदर्शन गर्ने


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गर्ने भएको छ ।

महासंघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’का अवसरमा यही मङ्सिर ८ गते उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने जनाएको हो ।

महासंघको अभिलेखअनुसार नेपालमा २०५२ सालदेखि शुरु भएको सशस्त्र द्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने ५ पत्रकार बेपत्ता अवस्थामा छन् । मारिएका ३७ पत्रकारमध्ये ५ पत्रकारको हत्यामा संलग्नलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र ४ जनाको न्यायिक प्रक्रियामा रहेको महासंघले जनाएको छ ।

अन्यको हकमा अझै प्रभावकारी ढङ्गले कानूनी कारवाही अघि बढ्न सकेको छैन । बेपत्ता भएका ५ जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको र पीडित परिवारले न्याय नपाएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघको सञ्चार अनुगमन एकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ वैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु अभिलेख भएका छन् ।

प्रेस स्वतन्त्रता हननका घटनाहरुमा पत्रकारमाथि धम्की, दुर्व्यवहार, आक्रमण, समाचार सङ्कलनमा अवरोध जस्ता घटनाहरु बढी भएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ ।

द्वन्द्वकाल मारिएका पत्रकारका परिवारलाई न्याय र दोषीलाई कारवाहीका लागि महासंघले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भए पनि गम्भीर छानबिन र थप प्रक्रिया अघि बढ्न सकेको छैन । त्यस्तै बेपत्ता पत्रकारको हकमा पनि सत्यतथ्य पत्ता लगाउने विषयमा ठोस प्रगति नभएको महासंघले जनाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ४ : ५८ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना