नेटोको नयाँ शत्रु चिनियाँ कम्युनिस्ट पार्टी– पम्पेओ | Khabarhub Khabarhub

नेटोको नयाँ शत्रु चिनियाँ कम्युनिस्ट पार्टी– पम्पेओ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेश मन्त्री माइक पम्पेओले चीनको कम्युनिस्ट पार्टीको प्रतिकार गर्नका लागि नेटोको लक्ष्य सुदूर पूर्व भएको बताएका छन् ।

नेटोका विदेश मन्त्रीहरुको बैठकमा बोल्दै अमेरिकी विदेश मन्त्री पम्पेओले भने, ‘हाम्रो गठबन्धनले चिनियाँ कम्युनिस्ट पार्टिबाट आएको हालको र सम्भावित दीर्घकालिन खतरालाई सम्बोधन गर्नु आवश्यक छ ।’

नेटोका मुलुकहरुले आफूबीच रहेको आधारभूत मतान्तर र विश्वास तथा चिनियाँ कम्युनिस्ट पार्टिको बारेमा बेवास्ता गर्न नहुने उनले बताए । उनले शीत युद्धमा नेटोको विजयको बारेमा बताउँदै चीन बिरोधी गतिविधिलाई अगाडि बढाउनु पर्ने बताए ।

तर ब्रसेल्समा भेला भएका पत्रकारहरु मध्ये कसैले पनि चीनको बारेमा सोधेका थिएनन् । उनीहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाअभियोगसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए । नेटोको पुनर्संरचनाको बारेमा फ्रेन्च र जर्मनी प्रस्तावको बारेमा सोधिएको प्रश्नमा पनि उनले बेइजिङकै प्रशंगलाई उठाएका थिए ।

यो महिनाको सुरुमा फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले नेटो ‘ब्रेन डेड’ भएको तर्क राखेका थिए र युरोपका मित्रहरुको रक्षा गर्ने विषयमा अमेरिकी प्रतिबद्धताको बारेमा सवाल गरेका थिए । नेटोको सट्टामा फ्रान्सेली राष्ट्रपतिले ईयूले आफ्नो संप्रभुताका लागि आफ्नै सैन्य संप्रभुतामा काम गर्नुपर्ने बताएका थिए ।

नेटोले आफ्नो मिसनलाई १९८९ मा शीतयुद्ध सकिएपछियता पुनःपरिभाषित गर्दै आएको छ । यसको निरन्तरताका लागि नयाँ कारणको खोजी गर्दै आएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ४ : १७ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार