टी-१० क्रिकेट लिग : पारस र सन्दीपको टीम भिड्दै | Khabarhub Khabarhub

टी-१० क्रिकेट लिग : पारस र सन्दीपको टीम भिड्दै


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टीमबीच प्रतिस्पर्धा हुँदैछ ।

आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टीम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ मा शुरु हुनेछ ।

प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टीम जित निकाल्ने योजनासहित मैदान उत्रने छ । किनकी सुपर लिगमा दुवै टीमको प्रदर्शन खराब रहदै आएको छ ।

सन्दीपको टीम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा छ ।

आबु धाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ । किनकी सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन् ।

यता, पारस भने सुरुवाती दुई खेलपछि टीम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ०० बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी