भारतको महाराष्ट्र र हरियाणामा आज विधानसभा चुनाव | Khabarhub Khabarhub

भारतको महाराष्ट्र र हरियाणामा आज विधानसभा चुनाव


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा आज नयाँ विधानसभाका लागि चुनाव शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ ।

महाराष्ट्रको २८८ सिटयुक्त विधानसभाको कार्यकाल नोभेम्बर ९ मा सकिँदैछ । सोमबार सबै २८८ सिटका लागि मतदान भइरहेको छ। हरियाणा विधानसभाको कार्यकाल नोभेम्बर २ मा समाप्त हुँदैछ । कुल ९० सिट रहेको हरियाणा विधानसभाका सबै सिटका लागि सोमबार नै मतदान शुरु भएको छ ।

मतगणना अक्टोबर २४ हुनेछ । महाराष्ट्रका ८९५ लाख मतदाताका लागि ९५ हजार ४७३ मतदान केन्द्र तय गरिएको छ । यस्तै हरियाणाका १८२ लाख मतदाताका लागि १९ हजार ४२५ मतदान केन्द्रको व्यवस्था गरिएको चुनाव आयोगले उल्लेख गरेको छ ।

महाराष्ट्रमा भाजपा–शिवशेना गठबन्धन र कांग्रेस–एनसिपी (नेशनलिस्ट कांग्रेस पार्टी) गठबन्धनबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको छ । यसैगरी हरियाणामा सत्तारुढ भाजपा, कांग्रेस इन्डियन नेशनल लोकदल (ओमप्रकाश चौटाला) र जननायक जनता पार्टीबिच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै सोमबार नै १८ राज्यका ५१ विधानसभा सिट र लोकसभाका दुई सिटका लागि उपचुनाव हुँदैछ ।

उत्तर प्रदेशका ११, गुजरातका ६ बिहारका पाँच, असमका चार, हिमाञ्चल प्रदेश र तमिलनाडूका दुई–दुई, पञ्जाबका चार, केरलका पाँच, सिक्किमका तीन तथा राजस्थानका दुई विधानसभा सिटमा मतदान हुँदैछ । यस्तै अरुणाञ्चल प्रदेश, मध्य प्रदेश, ओडिशा, छत्तिसगढ, पुदुचेरी, मेघालय र तेलंगानाका एक एक सिटमा मतदान हुँदैछ । यसैगरी बिहारको समस्तीपुर र महाराष्ट्रको सतारा लोकसभा सिटका लागि पनि उपचुनावको मतदान हुँदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ९ : ०२ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज