चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति | Khabarhub Khabarhub

चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन मेडिकल कलेज (सीएमसी) र आन्दोलनरत विद्यार्थीबीच शुल्क विवादका विषयमा सहमति भएको छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न सीएमसी सहमत भएसँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन पनि फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार भएको त्रिपक्षीय वार्तामा विभिन्न बुँदामा सहमति जुटेको हो । आन्दोलनरत विद्यार्थी, सीएमसी र विद्यार्थीका प्रतिनिधिबीच भएको वार्तामा शुल्कसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलमा जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहनेछन् ।

कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ४६ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास