संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फरफरायो | Khabarhub Khabarhub

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फरफरायो


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकै अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा फरफराएको छ ।

नेपालको संविधान दिवसको अवसरमा बुर्ज खालिफामा नेपाली झण्डा फरफराइएको हो ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा फहराइएको हो ।

यूएईको स्थानीय समयअनुसार शुक्रबार साँझ ९:१० (नेपाली समय १०:५५)बजे मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराइएको हो ।

संसारको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान, नेपालले तय गरेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास लिएको बताए ।

बुर्ज खालिफामा नेपाली झण्डा फरफराएपछि यूएईमा रहेका नेपालीले खुसीयाली मनाएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : १२ बजे

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी