बलात्कार कसुरमा छ वर्ष कैद | Khabarhub Khabarhub

बलात्कार कसुरमा छ वर्ष कैद


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका एक व्यक्तिलाई बालिका बलात्कारको अभियोगमा छ वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई सो कैदसहित रु ३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको अदालतका कर्मचारी तीर्थ शर्माले बताए । उनका अनुसार अदालतमा आई झुठा बकसपत्र गरेको कसुरमा उजुरकर्ता एवं पीडितका बुबालाई समेत रु ५०० जरिवाना गरिएको छ ।

भैँसी चराउन जङ्गल जाने गरेकी बालिकालाई गत जेठ २१ गते र त्यसअघि पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २५ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालयले आरोपीलाई गत जेठ २७ गते पक्राउ गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपी पाण्डेय गत असार १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : १८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी