विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित | Khabarhub Khabarhub

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो ।

नेपालकी इन्दु वर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनको योगफल बनाएको थियो । थाइल्याण्डको जीतमा चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् भने नारुमोल चाइमाईले ३२, वाङ्पाका लिङ्प्रार्सटले २८ तथा नटया बोचाथाम १२ रन जोडे ।

बलिङतर्फ नेपालका नेरी थापा र कृष्णा कुँवरले दुई दुई विकेट झारे भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । राउण्ड रोविनका आधारमा हुने उक्त छनोट प्रतियोगिताका विजेताले आइसीसी महिला टी–ट्वण्टी विश्वकपको ग्लोबल छनोटमा पुग्ने मौका पाउनेछ । जारी खेलमा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । यसअघि खेलको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  २ : १७ बजे

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित