‘डन ३’ मा शाहरुख खानको रिप्लेसमा रणवीर कपूर ? | Khabarhub Khabarhub

‘डन ३’ मा शाहरुख खानको रिप्लेसमा रणवीर कपूर ?


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानका पछिल्ला फिल्म बक्स अफिसमा फ्लप हुँदै आएका छन् । ‘फ्यान’ देखि ‘जिरो’ सम्म आउँदा सय करोड क्लबमा पनि प्रवेश गर्न सकेका छैनन् शाहरुखका फिल्मले ।

यसकै असर हुनुपर्छ, फिल्म ‘डन ३’ का मेकरले शाहरुखको सट्टामा रणवीर कपूरलाई यो फिल्म खेल्न अफर दिएका छन् ।

तर, भारतीय मिडियाका अनुसार रणवीरले यो फिल्मबाट पन्छिन अरु पनि फिल्म भएको भन्दै नखेल्ने बताएका छन् । समाचारका अनुसार ‘डन ३’ मा जुन डेट छ, त्यो पहिले नै बुक भइसकेको छ । उनलाई यो सिरिजमा काम गर्दा जोखिम पनि हुनसक्ने भएकाले फिल्म नखेलेको मिडियाले लेखेका छन् ।

सन् २००६ मा शाहरुख खानलाई लिएर फरहान अख्तरले ‘डन’ बनाएका थिए । यसको सिक्वेल ‘डन २’ पनि दर्शकले रुचाएका थिए ।

‘डन ३’ बनाउने हल्ला बाहिर आएपनि फिल्म निर्माणको औपचारिक घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १२ : ०० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई