त्रिपुरालाई हराउँदै लयमा फर्किने दाउमा नेपाल | Khabarhub Khabarhub

त्रिपुरालाई हराउँदै लयमा फर्किने दाउमा नेपाल


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी – डा. टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले विहीबार भारतीय प्रादेशीक टोली त्रिपुरासँग प्रतिस्पर्धा गर्दैछ । भारतको गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा हुने खेलमा एन्फा—२१ टोली आफ्नो पहिलो जितको खोजिमा हुनेछ ।

खेल नेपाली समयअनुसार पौने २ बजे हुनेछ । एन्फा टटोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले आजको खेलमा त्रिपुरामाथि जित निकाल्दै टोलीले लयमा फर्किने बताएका छन् ।

उनले “हामीले अझै ४ खेल खेल्न बाँकी छ । त्यसैले पहिलो हारले धेरै समस्या निम्तिने खतरा छैन । त्रिपुरासँग जित निकाल्दै हामी खेलमा फकिन चाहान्छौं ।”

पहिलो खेलपछि प्रशिक्षक श्रेष्ठले पहिलो खेलमा भएका कमीकमजोरी नदोहोर्याउने गरी दोस्रो खेलमा मैदान उत्रिन्छौं ।
यस्तै, नेपालले तेस्रो खेल फ्रेब्रअरी २३ मा मनिपुरँग साई रंगशालामा खेल्नेछ भने चौथो खेल मिजोरमसँग एलएनआईपीई रंगशालामा र अन्तिम खेल नागाल्यान्डसँग २५ तारिखमा खेल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ८ लाख भारतीय रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख पाउनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ९ : ०१ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान