प्रधानमन्त्री भन्छन् : २ शेर मिलेर देश बनाउँछौ | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन् : २ शेर मिलेर देश बनाउँछौ


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेर (सिंह)सँग तुलना गरेका छन् ।

धनगढीमा सुदूरपश्चिम प्रदेश स्ततरीय कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै भने, ‘धेरैले भन्छन् एटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिउँ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन्।’ उनले अब २ शेर मिलेरै देश निर्माण गर्ने प्रतिबद्धता पनि जनाए । नेकपा एक प्रधानमन्त्री र ३ पूर्व प्रधानमन्त्री र अरु धेरै क्षमतावान नेताहरु भएको पार्टी भन्दै ओलीले यही क्षमतालाई देश विकासमा अघि बढाउने बताए ।

प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पारेका छन् । उनले चाँडै नै सबै कमिटीहरुको एकता टुंगिने बताए ।

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पनि नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले नरोक्ने दाबी गरे । ओलीले भने, ‘वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ।’

प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष देशको ढिकुटी रित्तिएकोले ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर यो आगामी बर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ८ : १३ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम