अमेरिकी राष्ट्रपतिको ट्वीट ‘म ईश्वरको दोश्रो जन्म हुँ’ | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतिको ट्वीट ‘म ईश्वरको दोश्रो जन्म हुँ’


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ईश्वरको दोश्रो जन्म भएको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले दक्षिणपन्थी रेडियो प्रस्तोता वायन एलन रुटको भनाइ ट्वीट गर्दै आफू ईश्वरको दोश्रो जन्म भएको दाबी गरेका हुन् ।

ट्वीटमा ट्रम्पले आफू इजरायलको राजा भएको समेत उल्लेख गरेका छन् । वायन एलन रुटको भनाइ उद्धृत गरिएको उनको ट्वीटमा लेखिएको छ– ‘राष्ट्रपति ट्रम्प यहूदी र इजरायलका लागि अमेरिकामात्र नभइ विश्वका सबैभन्दा महान् राष्ट्रपति हुन्, इजरायलका लागि उनी इतिहासकै सबैभन्दा उत्कृष्ट राष्ट्रपति हुन्…. र इजरायलका यहूदीहरुले उनलाई इजरायलको राजाजत्तिकै माया गर्छन् ।’

‘उनीहरु उनलाई ईश्वरको दोश्रो जन्म जत्तिकै माया गर्छन्… तर अमेरिकी यहूदीहरुलाई भने उनीबारे थाहा छैन वा मन पराउँदैनन् । उनीहरुलाई भने आफूले भनिरहेको वा गरिरहेको कुरा पनि थाहा छैन । यसको कुनै अर्थ छैन ।’ ट्रम्पले लेखेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ३५ बजे

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी