१७ करोड बढी रकम हिनामिना गर्ने बैंक प्रबन्धक पक्राउ | Khabarhub Khabarhub

१७ करोड बढी रकम हिनामिना गर्ने बैंक प्रबन्धक पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– साविकको वेष्टन डेभलभमेन्ट बैंक (हाल देव विकास बैंक) का तत्कालीन प्रबन्धक समिर बुढाथोकी पक्राउ परेका छन् ।

एक वर्षअघि उक्त बैंकको १७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दाङ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रबन्धकको जिम्मेवारीमा रहँदा ३० वर्षीय बुढाथोकीलाई १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको अरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । बुढाथाकीलाई लमही बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

‘गत बर्षको बैशाख महिनामा निजले बैंक मर्ज हुनुअघि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको देखिन्छ’ दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले भने ।

उनले भने, ‘हामीले यहि भदौं २ गते बैकिङ्ग कसुर मुद्दा दर्ता गरेर उनलाई पक्राउ गरेका हौं ।’

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : १९ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ