चेम्बर अफ कमर्शको 'तीज व्यापार मेला'को तयारी पूरा | Khabarhub Khabarhub

चेम्बर अफ कमर्शको ‘तीज व्यापार मेला’को तयारी पूरा


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा गर्न लागेको ‘तीज व्यापार मेला’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपाल महिला चेम्बरले ‘दोस्रो तीज व्यापार मेला–२०७६’ जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा यही भदौ ६ र ७ गते गर्न लागेको हो ।

महिला चेम्बरको सक्रियतामा आयोजना हुने तीज मेलालाई उपभोक्ता मेलाका रूपमा समेत लिने गरिन्छ । मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म/कम्पनी, संघ–संस्थाहरूको स्टलको सहभागिता रहने र ५० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने चेम्बरले अपेक्षा गरेको छ ।

महिला उद्यमी व्यवसायीहरूले आफ्ना सिर्जनात्मक उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्देश्यले गत वर्षदेखि मेलाको आयोजना गरिँदै आएको छ ।

मेलामा हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य लिइएको नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिइन् ।

उनले यसपटक अर्गानिक व्यापार मेलाका रूपमा यसलाई अगाडि बढाइएको बताइन् । महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको दाबी गरिन् ।

मेलाको उद्घाटन कार्यक्रममा प्रदेश ३ प्रमुख अनुराधा कोइराला, सांसद तथा पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, निर्माता तथा निर्देशक दिपाश्री निरौला लगायतको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर