भारतसँग नेपाली युवा टोली पराजित | Khabarhub Khabarhub

भारतसँग नेपाली युवा टोली पराजित


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली टोली भारतको युवा टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा नेपाल घरेलु टोलीलसँग ५–० को फराकिलो अन्तरले पराजित भएको हो ।

साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले अ‍ेपेक्षा अनुरुप खेल्न नसक्दा फराकिलो हार व्यहोर्न पुग्यो । जसमा नेपाली टोलीविरुद्ध भारतीय टोलीले पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्दै ५–० को जीत हात पा¥यो ।

पाँचै संस्करणको साफ च्याम्पियनसिपमा नेपालविरुद्ध भारतको जितमा महेसन सिंह, सुभो पाउल, अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक–एक गोल गरे । खेलको पाँचौ मिनेटमा महेसनको गोलबाट अग्रता बनाएको थियो । २४ औं मिनेटमा सुभोले गोल गर्दै भारतको अग्रता २–० को बनाए । खेलको ४३ औं मिनेटमा अनिशले गोल गर्दै पहिलो हाफमा भारतलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भारतले थप दुई गोल ग¥यो। खेलको ४९ औं मिनेटमा टाईसनले गोल गर्दा भारत ४–० ले अघि रह्यो । त्यसपछि खेलको ५६ औं मिनेटमा सिद्धार्थले गोल गर्दै भारतलाई ५–० को जित दिलाए । नेपालले अब शुक्रबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहीबार भुटानको सामना गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ३३ बजे

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर