रहेनन् ‘राँको’ का निर्देशक किशोर राना | Khabarhub Khabarhub

रहेनन् ‘राँको’ का निर्देशक किशोर राना


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि मृगौला रोगबाट पीडित वरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । ५४ वर्षीय रानाको बुधबार निधन भएको परिवारले जनाएको छ ।

लामो समय फिल्म क्षेत्रमा सक्रिय रहेका निर्देशक रानाले सीमारेखा, करोडपति, राँको, कान्छी, बन्धकी, एक नम्बरको पाखे लगायत कैयन् फिल्ममा निर्देशन गरेका छन् । परिवारका अनुसार उनलाई आजै उनलाई पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ ।

लामो समयदेखि मृगौला रोगबाट पीडित रानाले ६ वर्षदेखि डाइलासिस गराउँदै आएका थिए । पुर्ख्यौली घर गुल्मी भएका रानाको जन्म सुनसरीमा भएको थियो । आर्थिक अभावका कारण रानाको मृगौला प्रत्यारोपण गर्न नसकिएको परिवारले जनाएको छ ।

‘राँको’ फिल्मबाट निर्देशनमा डेब्यु गरेका रानाले एक दशकभन्दा बढी बलिउड फिल्म क्षेत्रमा बिताएका थिए । उनले एक भोजपुरी चलचित्रमा समेत काम गरेका थिए । रानालाई फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : ५९ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको