भारतले सम्झौता पालना नगर्दा नेपाली जनता पीडित | Khabarhub Khabarhub

भारतले सम्झौता पालना नगर्दा नेपाली जनता पीडित


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदहरुले नेपाल–भारत बीच भएको जलश्रोत सम्बन्धी सम्झौता भारतीय पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेका आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसद सुमन राज प्याकुरेल र सांसद कोमल वलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पिडित बनेको बताए ।

सांसद सुमन राज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरुलाई क्षतिपुर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता पिडित बनेको बताए ।

सांसद प्याकुरेलले बुधबारबाट शुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग बार्ता गर्नुपर्ने पनि माग राखे ।

यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल वलीले नेपाल भारत बीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धी भएका सम्झौता पुनरावलोकन गर्न माग गरिन् ।

दुई देशबीच हुने सम्झौता ‘विन विन’को आधारमा हुनुपर्ने भन्दै भन्दै सांसद वलीले जस्रोत, तटबन्ध सडक जस्ता बिषयमा भारतीय पक्षसँग छलफल गर्नुपर्ने माग राखिन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  २ : ३८ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार