‘च च हुई’ का तस्वीर आउट, आर्यन र मिरुनाको जोडी | Khabarhub Khabarhub

‘च च हुई’ का तस्वीर आउट, आर्यन र मिरुनाको जोडी


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – आर्यन सिग्देल स्टारर फिल्म ‘च च हुई’ का केही तस्वीर सार्वजनिक गरिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शनमा आउने फिल्ममा सार्वजनिक भएका तस्वीरमा आर्यनसँगै मिरुना मगरलाई पनि देख्न सकिन्छ ।

निर्माण टिमले फिल्ममा समावेश गीत ‘सिल्की सिल्की बाल’ बोलको गीत छायांकनका बेला खिचिएका तस्वीर सार्वजनिक गरेको हो । गीतलाई मुस्ताङको चुसाङमा छायांकन गरिएको हो ।

तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्री जमेको छ । भिडियोको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् ।

गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेका शब्द छन् ।

रोमान्टिक जानरामा निर्माण भएको यो फिल्ममा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

साम्तेन भुटियाको निर्देशन तथा सम्पादन रहेको यो फिल्ममा सुशन प्रजापतिको छायाँकन रहेको छ । फिल्ममा सिजन दाहालको पटकथा र सन्देश अर्यालको लेखन छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ४८ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका