पट्रोल होइन अब हावाबाटै चल्छ मोटरसाइकल ! | Khabarhub Khabarhub

पट्रोल होइन अब हावाबाटै चल्छ मोटरसाइकल !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानिसहरु दिनप्रतिदिन अनेक खोज तथा अनुसन्धान गरिरहेका हुन्छन् ।

यस्तो खोजमा उनीहरुले केही न केही सफलता हात पारिरहेका हुन्छन् । यस्तै हालै भारतमा एक जनाले हावाबाट चल्ने मोटरसाइकलको निर्माण गरेका छन् ।

भारत लखनउका एक वैज्ञानिकले एअर बाइकको आविष्कार गरेका हुन् । उनले करिब ९ वर्ष पहिला एउटा एअर इन्जिनको आविष्कार गरेका थिए । जसले अहिले आएर एअर बाइकको रुप लिएको छ ।

यो आविष्कारले बढ्दो ग्लोबल वार्मिङ समस्यासँगै आम मानिसको कम खर्चमा बाइक चढ्ने रहर पूरा गर्ने विश्वास गरिएको छ ।

एअर बाइक तयार गर्ने वैज्ञानिकको विश्वास छ कि यो बाइक सञ्चालनमा ल्याउन सके इन्धनको खपत पनि कम हुनेछ र ग्लोबल वार्मिङको समस्या पनि कम हुँदै जानेछ ।

भारतराज सिंहले निर्माण गरेको आविष्कारमा धेरै खर्च लागेको जनाइन्छ ।उनी हाल एउटा इन्जिनियरिङ कलेजमा एसोसिएट डाइरेक्टर छन्। उन लाई विश्वास छ कि यदि उनको यो आविष्कार सञ्चालनमा आए प्रदूषण ५० प्रतिशतले घट्नेछ ।

यो आविष्कारको मुख्य उद्देश्य भनेको गाडीमा पेट्रोल वा डिजल प्रयोग गर्नुको साटो तिनलाई हावाबाट चल्न इन्जिन तयार पार्नु नै हो ।

उनले एउटा आल्मुनियमको सिलिन्डर बनाएर त्यसलाई जडान गरेर हावाबाट चल्ने इन्जिन बनाएका छन् । त्यो इन्जिनको प्रयोग पहिला उनले बाइकमा गरे । जुन निकै सफल रह्यो । सिंहका अनुसार यो इन्जिन जडान गरेर चलाइएको बाइकले केबल ५ रुपैयाँमा ४० किलोमिटरको यात्रा आरामले सफर गर्न सकिन्छ ।

हावाबाट चल्ने इन्जिनले बाइकको गतिमा खासै नकारात्मक असर पारेन । यो इन्जिनिजडित बाइक प्रतिघन्टा ७०–८० को गतिमा सजिलै चलाउन सकिन्छ । सिंहले आफ्नो यो आविष्कारलाई वैधानिकता दिन भारत सरकारसमक्ष पत्र समेत पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : २१ बजे

व्यासमा प्लास्टिक झोला निषेध गर्न कार्यविधि

तनहुँ– तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि’ २०८१ पारित गरेको

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौं– इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी

जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी

दोलखा– गएराती दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिमा मोटरसाइकल र

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने