म्यानचेस्टरले इन्टरमिलानलाई हरायो | Khabarhub Khabarhub

म्यानचेस्टरले इन्टरमिलानलाई हरायो


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानचेस्टर युनाईटेडले इन्टरनेसनल च्याम्पियन्स कपमा जित हासिल गरेको छ । शनिबार सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा युनाईटेडले ईन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् ।

क्लब सम्हालेपछि पहिलो खेलमा उत्रिएका एन्टोनियो कोन्टेले पराजय भोगे । युनाईटेडका रोमेलु लुकाकु पछिल्लो समय ईन्टर जाने तयारी छ । सोही क्लबविरुद्व कोन्टेले हार ब्यहोरेका हुन् । चोटका कारण लुकाकु ईन्टरविरुद्वको खेलमा मैदानमा उत्रिएनन् ।

युनाईटेडका लागि डेबिड डी जिया र लुकी शा प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए । युनाईटेडका कप्तान नेमान्जा माटिस र पाउल पोग्बा खेलमा प्रभाव जमाउन सफल रहे ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : २९ बजे

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा