योगा गर्नुहुन्न भने आजैदेखि शुरु गर्नुस्, यस्तो छ फाइदा | Khabarhub Khabarhub

योगा गर्नुहुन्न भने आजैदेखि शुरु गर्नुस्, यस्तो छ फाइदा


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

योगाले मानिसलाई शान्त स्वभावको बनाउँछ । यति मात्रै होइन योगा गर्ने मानिसलाई रोग लाग्ने सम्भावना पनि कम हुन्छ । त्यसैले ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् ।

किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । योग गर्ने सही तरिका र समयको बारेमा पनि जानकारी लिइराख्नु पर्छ । खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ।

आज हामी तपाईंलाई नियमित ध्यान तथा योगा गर्दा के के फाइदा पुग्छ त्यसबारे जानकारी दिनेछौं ।
योगाको फाइदा

–ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

–सकारात्मक भावनाको विकास हुन्छ ।

–ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

–कुलतबाट जोगिन सहयोग पुर्‍याउँछ ।

–तनाव नियन्त्रण गर्छ ।

–पारिवारिक सद्भाव बढ्छ ।

–मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।

–अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

–डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

–ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

–रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

–शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

–अरुप्रति मानवीय भावनाको विकास हुन्छ ।

– क्यान्सर रोगबाट जोगाउँछ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ११ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ