गुठी विधेयकले विवादमा तानिएकी पद्मालाई चिट चोर्दा-चोर्दै रेस्टिकेट गरेको पाण्डेयले लगाए आरोप | Khabarhub Khabarhub

गुठी विधेयकले विवादमा तानिएकी पद्मालाई चिट चोर्दा-चोर्दै रेस्टिकेट गरेको पाण्डेयले लगाए आरोप


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुठी विधेयकका कारण विवादमा तानिएकी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमाथि कलेज पढ्दा चिट चोरेर रेस्टिकेट भएको आरोप लागेको छ ।

लेखक र पत्रकार समेत रहेका मधुसुधन पाण्डेयले सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टले उनी रेस्टिकेट भएको पुष्टि भएको हो । उनले यस्तो कमेन्ट लेखेका –

खबरहबसँग कुरा गर्दै लेखक पाण्डेले भने, ‘मैले कमेन्टमा लेखेकै हो । मैले उनलाई रेस्टिकेट पनि गरेकै हो । कुरा २०५१ सालको हो । म क्याम्पस प्रमुख थिएँ, केन्द्राध्यक्ष पाल्पाका दुर्गाप्रसाद पाण्डे हुनुहुन्थ्यो । परीक्षा दिइरहेका बेला पद्माले चिट चोरेको भेटेपछि उनलाई रेस्टिकेट गरिएको हो ।’

कलेजबाट रेस्टिकेट भएपछि पद्माले वालिङ क्याम्पसमा फारम समेत नभरेको उनले बताए । आफू २०५४ सालसम्म त्यहाँको क्याम्पस प्रमुख हुँदासम्म अर्याल उक्त क्याम्पसमा नआएको उनले जानकारी दिए ।  क्याम्पसबाट रेस्टिकेट भएपछि उनी सक्रिय रुपमा राजनीतिमा लागेको दाबी गरे ।

पद्मा २०४० सालमा अनेरास्ववियू पाँचौमार्फत राजनैतिक यात्रा सुरु गरेकी भएपनि २०५४ सालमा तत्कालीन नेकपा एमालेका तर्फबाट वडासदस्यका रुपमा विजयी भएकी थिइन् । उनी ०६९ सालदेखि नेकपा एमालेको केन्द्रिय बनिन् ।

०६४ मा समानुपातिक सभासद् बनेकी पद्मा २०७४ सालको चुनावमा तत्कालीन उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहेका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनावी मैदानमा हराउँदा अर्यालको चर्चा चुलिएको हो ।

लेखक पाण्डेले लेखको स्टाटसलाई लिएर विभिन्न कमेन्टहरु आएका छन् । स्टाटसलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । उनले लेखेको कमेन्टलाई लिएर पूर्व सचिव समेत भीम उपाध्यायले यसरी ट्वीट गरेका छन्–

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ५८ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को