असल पार्टनर चाहनुहुन्छ ? यी ६ प्रश्न महिलालाई भूलेर पनि नसोध्नुहोस् | Khabarhub Khabarhub

असल पार्टनर चाहनुहुन्छ ? यी ६ प्रश्न महिलालाई भूलेर पनि नसोध्नुहोस्


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुरुष र महिलाबीचको सम्बन्ध सधैँ सुमधुर हुन सक्दैन । त्यसैले सदियौँदेखि यो विषय बहस र विवादको केन्द्रमा हुने गर्छ । तर यसो भन्दैमा महिला र पुरुष एकअर्कालाई सधैँ अलग राख्न पनि सक्दैनन् ।

एकअर्कालाई बुझ्न नसक्दा गुनासोका पोको ठूलै हुने गरे पनि केही विषयमा ध्यान दिने हो भने सम्बन्ध प्रगाढ पनि हुन सक्छ । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् । महिलालाई सोध्नै नहुने प्रश्न के-के हुन् त ?

१. के म तिमीलाई चुम्बन गर्न सक्छु ?

कहिल्यै पनि महिलालाई म चुम्बन गर्न सक्छु ? भनेर नसोध्नु होला । महिलाले चुम्बनको लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चुम्बन पनि सोधेर गर्ने केटा उनीहरुलाई बच्चा जस्तो लाग्छ ।

२. धन सम्पतिको धाक

महिलाले सम्पतिको धाक लगाउने र कुरा गर्दैगर्दा कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन् । उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुति र आत्मविश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ ? मेरो बाइक देख्या छ ? भनेर कहिल्यै पनि नसोध्नुस् ।

३. के गर्ने कसो गर्ने

कुनै पनि स्त्रीसँग कतै घुम्न जानु भो वा बजारमा जानु भो भने कहिल्यै पनि के गर्ने कसो गर्ने भनेर नसोध्नुस् । अलिकति स्मार्ट बनेर यो गरौं, त्यो गरौं भनेको महिलालाई मन पर्छ ।

४. केटा साथीको बारेमा

कुनै पनि स्त्रीलाई उसले संगत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । नकारात्मक टिप्पणी पनि नगर्नुस् । यसले स्त्रीलाई इश्र्या वा शंका गरेको अनुभव हुन्छ । र जुन सम्बन्धका लागि घातक पनि हुन्छ ।

५. कारण र स्पष्टिकरण

यदि तपाइँकी स्त्रीले हिँजो तपाइँले पठाएको सन्देशको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबनाउनुस् । किन जवाफ नदिएको ? केहो भन्नेजस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाईं उनीसँग सुरक्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।

६. यौन पार्टनर

कुनै पनि स्त्रीलाई कति जना पुरुषसँग यौन सम्बन्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् । महिलाहरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदैनन् नै उनीहरुलाई मन पनि पर्दैन ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ५९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर