खुश्बु ओली ३ महिनाका लागि जेल चलान | Khabarhub Khabarhub

खुश्बु ओली ३ महिनाका लागि जेल चलान


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– विभिन्न प्रकरणले चर्चा र विवादमा आइरहने मोडल खुश्बु  ओली चेक बाउन्स (अनादर) मुद्दामा दोषी ठहर भएकी छन् ।

काठमाडौं जिल्ला अदालतले ओलीलाई ३ महिनाको कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले खुश्बुबाट ३ हजार रुपैयाँ जरिवाना असुल गर्न पनि आदेशमा भनेको छ ।

ओलीले ३ जनवारी २०१७ मा सप्तरीका गोपालबहादुर कटुवालका नाममा ३६ लाख रुपैयाँको चेक काटेकी थिइन् । उक्त चेक कुमार बैंकमा साट्न जाँदा अनादर (बाउन्स) भएको थियो ।

आफूलाई दिइएको चेक बाउन्स भएपछि कटुवालले २९ साउन २०७५ काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले चेकमा उल्लेखित रकम ३६ लाख रुपैयाँ भराउन पनि आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ५ : ३२ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले