मिक्लाजुङ हत्या प्रकरण : एकजनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धान | Khabarhub Khabarhub

मिक्लाजुङ हत्या प्रकरण : एकजनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धान


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरको मिक्लाजुङमा भएको घटनामा एक जनाको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले अहिलेसम्म एक जनाकोमात्र सलग्नता खुलेको बताए ।

हत्याराको बारेमा स्थानीयहरुसँग सोधपुछ गर्ने काम भइरहेको पनि उनले बताए । घटनास्थलबाट भागेको बालिकासँग प्रहरीले लिएको वयानका क्रममा पनि एकजनाले मात्र आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीसँगको बयानमा उनले ‘ ढोका खोल्नेबित्तिकै सिधै आक्रमण गर्‍यो, मखुण्डो लगाएको मान्छे थियो, म बाहिर निस्केर भाँगे’ भनेकी छन् ।

कुकुरसहितको टोली घटनास्थलमा

घटनाको अनुसन्धान गर्न एसएसपी नेतृत्वको टोली पुगेको छ । एसएसपीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको कुँवरले बताए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको उनले बताए ।

संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ ।

सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि घटनास्ठल जाँदै गरेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : ३३ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको